डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख हस्तान्तरण

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, २० : २४
डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख हस्तान्तरण

काठमाडौँ । डाबर नेपालले भूकम्प पीडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ। डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

डाबर नेपाल यस सङ्कटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासँग ऐक्यबद्धतामा उभिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस