काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा सरकारी कोषमा झण्डै एक खर्ब रुपैयाँ नगद मौज्दात बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको असोज मसान्तसम्ममा नगद मौज्दात ९९ अर्ब ५३ करोड रुपैयाँले बढेर १ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा सरकारी कोषमा यस्तो नगद मौज्दात जम्मा ७१ अर्ब ९८ करोड रुपैयाँ मात्र रहेको थियो ।यद्यपि, यो संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनवटै सरकारको विभिन्न बैंक तथा वित्तीय कोषमा रहेको सञ्चित रकम हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व बढेसँगै यता वित्तीय व्यय कम आउँदा नगद मौज्दात बढ्न गएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहरी विकास मन्त्रालयको वित्तीय प्रगति : चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा