काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह) ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका एनआरएनएले जनाएको छ ।
शिविरमा भूकम्पपीडितलाई हुनसक्ने सम्भावित रोगबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो । सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली काठमाडौँदेखि जाजरकोट पुगेको थियो ।
स्वास्थ्य शिविरमा आएका भूकम्पपीडितमा प्रमुखरुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका समस्या देखिएका थिए । यसअघि समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै ‘स्वास्थ्य सेवा हटलाइन’ सञ्चालनमा ल्याएको थियो ।
समितिले भूकम्पपीडितलाई समयमा राहत, उद्धार तथा स्वास्थ्योपचार गर्न नसके चिसो बढ्दै गएकाले निमोनिया, रुघाखोकीको जोखिम रहेको जनाएको छ । शिविरमा खटिएका स्वास्थ्य विज्ञले सो क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला बढी जोखिममा रहेका जनाएका छन् । भूकम्पले घर भत्काउँदाको त्रास,बढ्दै गएको चिसोलगायत कारणले गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका हुन् ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारका लागि सहजीकरण गर्न आवश्यक रहेको सङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा