बङ्गलादेशले अस्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १५ : १२
बङ्गलादेशले अस्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई ३ सय  ७ रनको लक्ष्य दिएको छ । पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २÷२ विकेट लिए । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ । यो खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन ।

तर बंगलादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनौट हुन यो खेलमा जित आवश्यक छ । बङ्गलादेश आठौँ स्थानमा छ । आजै भइरहेको अर्को खेलमा पाकिस्तानसँग इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ । कोलकातामा इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस