काठमाडौं। काठमाडौं महानगरपालिका भित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।महानगरले राति १ बजेसम्म देउसी भैलो खेल्न सकिने व्यवस्था गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन् ।
‘विगतका वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।,
‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।साथै मेयर शाहले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सोही अनुरुपको सुरक्षाको प्रबन्ध मिलाउन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर