पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री लिएर आएको २ वटा चिनियाँ जहाज पोखरामा अवतरण भएको छ।
आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन्। यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ।
चिनियाँ राजदूत छन सोङले उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन्। चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका लागि उडेको श्री एयरको जहाज पुनः विराटनगर अवतरण
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो
१० घन्टामा सबै ट्वाइलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज
१० नेपालीलाई लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै
साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो