बाग्लुङ । बाग्लुङमा ट्याक्सी दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको छ।
जिल्लाको बडिगाडबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
केसीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु