बिराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं’ उनले भनेका छन् ।
समर्थन कहिलेसम्म ? भन्ने प्रश्नमा उनले सरकारको काम कारबाही र परिस्थिति हेरेर निर्णय गर्ने बताए । सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले