बागमती प्रदेशसभामा विधेयक दर्ता

रासस

शुक्रबार, १७ कार्तिक २०८०, १६ : ५४
बागमती प्रदेशसभामा विधेयक दर्ता

मकवानपुर। बागमती प्रदेशसभा सचिवालयमा ‘प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८०’ दर्ता भएको छ । प्रदेश सरकारको तर्फबाट पठाइएको उक्त विधेयक आज प्रदेशसभा सचिवालयमा दर्ता गरिएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

प्रदेशसभाको हिउँदे अधिवेशनको बैठकमा सो विधेयकमाथि छलफलका लागि आवश्यक कार्यसूची तयार पार्ने क्रममा कानुनी प्रक्रिया सुरु गरिसकिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस