चिसो सुरु हुँदै : चिसोमा नवजात शिशुलाई कसरी बचाउँने ?

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, ०९ : ५३
चिसो सुरु हुँदै : चिसोमा नवजात शिशुलाई कसरी बचाउँने ?

File pic

काठमाडौ । यस्तो अवस्थामा नवजात शिशुलाई कसरी जोगाउने ? आमाबुवाको लागि टाउको दुखाईको विषय हुनसक्छ । किनभने जाडोको कारण शिशुलाई अनेकौ समस्या आउन सक्छ ।

यतिबेला न्यानो लुगा लगाइदिने गरिन्छ । कतिले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगो लपेट्ने गर्छन् । यसले गर्दा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ ।

शिशु एकदमै संवेदनसिल हुने र सानोतिनो कमजोरीबाट पनि गंभिर समस्या आउन सक्ने हुन्छ । रुँघा लाग्ने, निमोनिया लाग्ने समस्या हुन्छ ।

चिसोमा नवजात शिशुलाई बचाउँने उपयाहरू

– तोरीको तेल तताएर हल्कासँग बच्चाको शरीरमा मसाज गरिदिनुपर्छ । मसाज गरेपछि विहानको घाममा शरीर न्यानो बनाउन दिनुपर्छ । यो प्रयोग नियमित रुपले गरौं । शिशुलाई चिसो लाग्दैन, निमोनियाको भय हुँदैन ।

– यसबेला शिशुको छाला सुख्खा हुन्छ । यस्तोमा जैतुनको तेलले मालिस गर्नुपनि लाभदायक हुन्छ । यसले रक्तप्रवाह हुन्छ । साथै शिशुको प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

– मसाज गरेको समयमा बच्चालाई न्यानो र आरमदयक स्थानमा राख्नुपर्छ । मासिल गरिसकेपछि नुहाइदिनुपर्छ ।

– यसबेला शिशुको छाला नमर हुन्छ, त्यसैले साबुन ग्लिसरिनयुक्त हुनुपर्छ ।

– यदि धेरै जाडो भएको समयमा सफा कपडा भिजाएर निचोर्ने । उ्क्त कपडाले शिशुको शरीर राम्ररी पुछिदिने गरौं ।

– यो सिजनमा शिशुलाई कपडाको एलर्जी हुनसक्छ । उनीहरुलाई ऊनी कपडाको साटो सूती कपडा लगाइदिनुपर्छ ।

– राती सुत्ने समयमा तुलसीको रस शिशुको नाक र तालुमा लगाइदिनुपर्छ । तुलसीको रसले चिसो लाग्दैन । तुलसीको रसमा थोरै मह मिसाएर चटाउन सकिन्छ ।

– विहान शिशुलाई मह चटाउनुपर्छ । यस प्रयोगले शिशुलाई चिसोको प्रकोप हुँदैन ।

– शिशुलाई नुहाउन अघि हातमा मह लगाएर त्यसमा कागतीको रस निकालेर छातीमा लगाइदिनुपर्छ ।

– नवजात शिशु सुत्ने स्थान आसपासमा एउटा प्याज कुटेर राखिदिनुपर्छ । यो प्याजको गन्ध वायुमण्डमा मिसिएर चिसोको असर कम गर्छ ।

– जुन कोठामा शिशुलाई सुताइन्छ, त्यहाँको झ्याल बन्द गर्नु हुँदैन ।

– झ्याल खोलेर त्यहाँ तुलसीको बोट राख्नुपर्छ । त्यसको छेउछाउमा ताजा कागती बाँधेर राख्नुपर्छ । यसले नवजात शिशुलाई चिसोको प्रकोपबाट बचाउँछ ।

– कहिले कहिं मनतातो पानीमा नीमको पात मिसाएर त्यसले शिशुलाई स्पन्ज गर्ने ।

– चिसोबाट शिशुलाई बचाउनका लागि उसलाई खुब हँसाइराख्नुपर्छ । यदि रुँदैछ भने पनि केहि समय चुप रहन नदिने । चिसोबाट बचाउने यो एक किसिमको प्राणायाम हो ।

– यदि शिशु दिनभर चुप रहन्छ भने चिसो लाग्न सक्छ । चुपचाप रहने शिशुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

अन्य टिप्स

– पहिलो चार महिनासम्म बच्चालाई केवल आमाको स्तनपान गराउनुपर्छ ।

– पाँचौ महिनादेखि उम्लिएको पानी चिसो बनाएर चम्चाले पिलाउनुपर्छ ।

– कुनैपनि उमेरमा बोत्तलबाट बच्चालाई कुनैपनि पेय पिलाउनु राम्रो होइन ।

– त्यसपछि विस्तारै विस्तारै ठोस पदार्थ सामेल गर्नुपर्छ ।

– छैठौं महिनामा केरा र दुध मिसाएर दिनमा एक पटक दिन सकिन्छ । साथसाथै स्याउ, मेवा पनि दिन सकिन्छ ।

– सप्ताहमा एक पटक राम्ररी पकाएको सब्जीमा अभ्यस्त गराउनुपर्छ ।

– सातदेखि आठौं महिनादेखि दाल वा खिचडी राम्ररी पकाएर दिनमा चार चम्चा जति दिन सकिन्छ ।

– नवौं महिनादेखि गाई वा भैंसीको दुध गिलासमा हालेर दिन सकिन्छ ।

– आमाको दुध जहिलेसम्म पिउँछ, त्यसबेलासम्म जारी राख्नुपर्छ ।

– एक बर्षपछि सन्तुलित वा पूर्ण आहार दिनुपर्छ ।

– जाडोमा डाइपरको बढी आवश्यक्ता हुन्छ । किनभने चिसोले गर्दा उनीहरु छिनछिनमा पिसाव फेरिरहन्छन् । त्यसैले डाइपर कस्तो अवस्थामा छ भनेर बेला बेला हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस