कपिलवस्तुमा ३ लाख रुपैयाँ बराबरको पटाका बरामद

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, १२ : २१
कपिलवस्तुमा ३ लाख रुपैयाँ बराबरको पटाका बरामद

कपिलवस्तु । नेपाल प्रहरीले कपिलवस्तुबाट करिब ३ लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको छ ।  मायादेबी गाउँपालिका-४ ठाकुरापुरबाट वेवारिसे अवस्थामा रहेका विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको हो ।

उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीले नेपाल भारत सिमाना नजिक ७ वटा झोला रहेको उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस