काठमाडौँ। सरकारले संसद्को बजेट अधिवेशन बिहीवार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार बिहान बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिए ।प्रतिनिधिसभाको बिहीवार नै बस्ने बैठकमा दलका नेताहरूले अधिवेशन समापन मन्तव्य राख्ने भएका छन् ।बर्खे अधिवेशनको रुपले चिनिने संसद्को बजेट अधिवेशन गत बैशाख २४ गते शुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, ११ : ३७
लेखकबाट थप