धनुषामा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, ११ : ०६
धनुषामा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी उनीहरू माओवादीमा प्रवेश गरेको वाईसीएल धनुषाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश मण्डलले जानकारी दिए ।

बुधवार धनुषाको हंसपुर नगरपालिका ६ सोनिगामामा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू माओवादीमा प्रवेश गरेका हुन् ।

कांग्रेस, एमाले, जसपालगायत परित्याग गर्ने नवप्रवेशीहरुलाई पार्टीका मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेल र धनुषा जिल्ला इन्चार्ज अजय शंकर नायकले टीका र गम्छा ओढाएर स्वागत गरे ।

पार्टीका नगर अध्यक्ष सुनिल यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिताकुमारी यादव, जिल्ला संयोजक दीपक यादव लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस