काठमाडौं। सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । काठमाडौंको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौं कलङ्की बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौं गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरूले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरजस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारमा अनुसन्धान गरी निजहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डीआरटी सव रेमिटेन्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताए ।उनका अनुसार उनीहरूबाट रू ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको छ । थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ