जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे छलफल गर्न विज्ञहरू काठमाडौँमा

सफल खबर संवाददाता

मंगलबार, १४ कार्तिक २०८०, ११ : ०५
जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे छलफल गर्न विज्ञहरू काठमाडौँमा

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्यूनीकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरूको सम्मेलन सुरु भएको छ ।मंगलवारबाट काठमाडौँमा सम्मेलन सुरु भएको हो । युनियन अफ एसियन अल्पान एशोसिएशनको आयोजनामा आज एक दिने सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा हिमाललाई कसरी प्रवर्द्धन गर्ने, कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असरलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए । 

 

उनले सम्मेलनमा चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधिले सहभागिता जनाएको बताए । उनले सम्मेलनमा युआइएका अध्यक्षको समेत सहभागिता रहेको बताए ।उनले भने, ‘आज हामी यु ट्रिपल ए भनेझैँ विभिन्न युनियन अफ एसियन अल्पान एशोसिएशन भनेर यो एशियाली महासंघको २० वटा जति राष्ट्रको प्रतिनिधि भएको एउटा संस्था हो । यो विशेष गरी हिमाल सम्बन्धीका बारेमा संगठन उद्देश्य हिमाललाई कसरी प्रवर्द्धन गर्ने भन्ने काम गर्छौं ।

यो संगठनको प्रत्येक वर्ष वार्षिक साधारण सभा हुन्छ । यो साधारण सभा नेपालमा गर्नका लागि हामीले उहाँहरुलाई आह्वान गरेका थियौँ । यो बापत यस पटक नेपालमा साधारण सभा हुन गइरहेको छ । आज १८ बढी देशका प्रतिनिधि र चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधि समेत आउनुभएको छ । यो दिनभर चल्छ र नेपाल माउण्टेन एशोसिएशनको ५० औँ वर्ष पुगेको अवसरमा एनएमएको वार्षिकोत्सवमा सहभागी हुन पनि आउनुभएको छ ।

यसमा हामी हिमालेका सेफ्टी प्लानिङ, ग्लोवल वार्निङका बारेमा कुराकानी गर्नेछौँ र चर्चा र समाधान खोज्नेछौँ । हिमाल सम्बन्धित एशियाली महासंघ भन्ने हो । युआइएको प्रेसिडेण्टको ८० देखि सयसम्म देश प्रतिनिधि भएको संगठन छ, युआइएको अध्यक्ष पनि यहाँ आउनुभएको छ ।उनले विभिन्न देशका प्रतिनिधिहरुले सम्मेलनमा हिमालमा देखिएका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस