चितवन । चितवन राष्ट्रिय निकुञ्जले वडा दशैंकव बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी गोविन्दप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको हो ।
सौराहा, कसरा, मेघौली, माडी, अमलटारी (नवलपरासी) र कुजौलीबाट जीप तथा पर्यटकहरु निकुञ्ज भ्रमणका लागि जाने गर्दछन् । सूचना अधिकारी तिवारीका अनुसार यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क देशका ७७९ र विदेशी ६ हजार ४८ गरी २० हजार ६० पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
पर्यटक बोक्ने जीप ७३७ पटक निकुञ्ज भित्र प्रवेश गरेका थिए । निकुञ्जले जीपबाट मात्रै ३६ लाख ८५ हजार राजश्व संकलन गरेको छ । निकुञ्ज भ्रमण गर्नेमा सौराहा सेक्टरबाट सबैभन्दा बढी पर्यटक छन् । यहाँबाट मात्रै १७ हजार ६ सय ३७ पर्यटकले निकुञ्ज भ्रमणमा गएका थिए ।
सौराहा क्षेत्रबाट मात्रै झण्डै ८८ प्रतिशत पर्यटक निकुञ्ज गएको देखिन्छ । नेपालीबाट निकुञ्ज जाँदा प्रति ब्यक्ति १५०, विदेशीलाई २ हजार, सार्क देशका पर्यटकलाई १ हजार, प्रत्येक जीपलाई एकपटक भित्र जाँदा ५ हजार लिने गरिन्छ । दसैंको बेला आएको पर्यटक र बढेको राजश्वले सकारात्मक अवस्था आएको सूचना अधिकारी तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ कार्तिक २०८०, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द