विश्वकप छनोट खेलअघि पशुपति पुग्यो नेपाली क्रिकेट टिम

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, १३ : ४२
विश्वकप छनोट खेलअघि पशुपति पुग्यो नेपाली क्रिकेट टिम

काठमाडौं। सोमबारबाट शुरू हुने टी–२० विश्वकप छनोटअघि नेपाली क्रिकेट टोली पशुपतिनाथ मन्दिरको दर्शनको लागि पुगेको छ ।नेपाली टिमका प्रशिक्षक मोन्टी देशाइ, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, गुल्सन झासहितका खेलाडी दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

छनोट खेलमा समूह एको नेपालले सोमबार बिहान ९ बजेट कीर्तिपुर मैदानमा सिंगापुरको सामना गर्दैछ । कात्तिक १४ मा मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । 

समूह बीमा हङकङ, यूएई, कुवेत र बहराइन छन् ।

 

 

समूह चरणपछि चार टिमले सेमिफानल खेल्नेछन् । सेमिफाइनल जितेर फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा हुने टी–२० विश्वकप खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस