विश्व पक्षाघात दिवसका अवसरमा रत्नपार्कमा ग्राण्डी हस्पिटलको स्वास्थ्य शिविर

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, ११ : ५८
विश्व पक्षाघात दिवसका अवसरमा रत्नपार्कमा ग्राण्डी  हस्पिटलको स्वास्थ्य शिविर

काठमाडौँ । आज विश्व पक्षाघात दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ ।विश्व पक्षाघात दिवसको अवसरमा आज काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा नेपाल पक्षाघात सङ्घ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरूले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । 

 

विश्व पक्षाघात दिवसको अवसरमा आज काठमाडौँको रत्नपार्कमा जनचेतनामूलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो । साथै ग्राण्डी इन्टरनेशनल अस्पतालले सो अवसरमा आज रत्नपार्कको शान्ति बाटिकामा स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।

स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै ग्राण्डी  इन्टरनेशनल हस्पिटलका न्युरोलोजिस्ट राजु पौडेलले पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेको र स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।

नेपाल पक्षाघात सङ्घका अध्यक्षसमेत रहेका उनले पक्षाघात धेरैजसो वृद्धहरूमा हुने भएकाले वर्षमा एक पटक पूर्ण रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । उनले बालबालिकामा पनि पक्षाघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन आग्रह गरे ।

उनले अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए लक्षण देखिएको साढे ४ घण्टाभित्र अस्पताल पुग्न सके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस