काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला नेपाली सेनाले सुरक्षा नेतृत्व गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा दशैँलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई राजकीय भ्रमण बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गरिने सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।
नेपाली सेनाको नेतृत्वमा महासचिव गुटेरेसलाई सुरक्षा दिन सेनाले सबै सुरक्षा निकायसँग समन्वय गरिराखेको छ । महासचिव गुटेरेस १२-१५ कात्तिकसम्म नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।
महासचिव गुटेरेसको भ्रमणको क्रममा अन्नपूर्ण र खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उनले १४ कात्तिकमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउँदै संसद्को संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरिसकेको छ । जसका लागि कात्तिक १२ मै संसद बैठक राखिएको छ ।
सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको हो । महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधि सभाको बैठक १२ कात्तिकमा आह्वान गरिसकेको र संसद्ले इजरेल र गाजापट्टीमा भएको हमलामा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारीसमेत रहेको छ ।
उनको भ्रमणको बेला दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ । महामहिम गुटेरेसले १४ कात्तिकको अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ ।
संसद सचिवालयले आवश्यक तयारी गर्दै छ । संवैधानिक निकायका प्रमुख, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई आमन्त्रण तथा अन्य आन्तरिक तयारी भइरहेको छ ।
संवैधानिक निकायका प्रमुख, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई आमन्त्रण तथा अन्य आन्तरिक तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ कार्तिक २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’
राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा
कात्तिक १२ मा नेपाल आउँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस
राष्ट्रसङ्घको दाबी– युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन
फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह
राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरेद्वारा लुम्बिनी भ्रमण