काठमाडौ । यस वर्ष दसैँअन्तर्गत विजया दशमी अर्थात् टीका कात्तिक ७ गते मंगलबार परेको छ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा छ।
घटस्थापनादेखि पूजाआराधना गरिएकी देवीलाई बिहान १०:३७ बजे विसर्जन गरी ११:०२ को साइतमा टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ।
तर यसपछि पनि देवीका प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
राष्ट्रपतिले भीआईपीलाई, कर्मचारी र सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने