हेटौंडा । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुरसिंह लामालाई दिइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल वैदेशिक भ्रमणमा जाने निश्चित भएपछि उनले आर्थिक मामिला तथा योजना मन्त्री लामालाई कार्यवाहक दिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले कात्तिक ४ गतेदेखि नफर्किए सम्मका लागि लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
मुख्यमन्त्री जमकट्टेल कात्र्तिक ४ गते दुबई उड्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । पारिवारिक भेटघाट तथा भ्रमणसंगै मुख्यमन्त्री जम्कट्टेलले दुबईमा पार्टीका केही कार्यक्रममा सहभागिता जनाउने तालिका रहेको छ । सचिवालयका अनुसार उनको करिब साता दिनको भ्रमण रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण