हेटौंडा । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुरसिंह लामालाई दिइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल वैदेशिक भ्रमणमा जाने निश्चित भएपछि उनले आर्थिक मामिला तथा योजना मन्त्री लामालाई कार्यवाहक दिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले कात्तिक ४ गतेदेखि नफर्किए सम्मका लागि लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
मुख्यमन्त्री जमकट्टेल कात्र्तिक ४ गते दुबई उड्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । पारिवारिक भेटघाट तथा भ्रमणसंगै मुख्यमन्त्री जम्कट्टेलले दुबईमा पार्टीका केही कार्यक्रममा सहभागिता जनाउने तालिका रहेको छ । सचिवालयका अनुसार उनको करिब साता दिनको भ्रमण रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !