दसैँ असत्यमाथि सत्यको विजयको पर्व : अध्यक्ष ठाकुर

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १५ : ३३
दसैँ असत्यमाथि सत्यको विजयको पर्व : अध्यक्ष ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले असत्यमाथि सत्यको विजयको रुपमा मनाइने बडादसैँ पर्वको सामाजिक विशेषता रहेको बताएका छन्। दसैँ पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ठाकुरले नवरात्राको अवधिभर भगवतीको उपासना एवं अध्यक्षत्मिक चिन्तनले सम्पूर्ण मानव जगतले नयाँ ऊर्जा प्राप्त गर्ने गरेको बताए ।

अधर्ममाथि धर्मको तथा असत्यमाथि सत्यको विजयको रुपमा मनाइने बडादसैँले मानवभित्र रहने असुर प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ । यस्तै उनले बडादसैँले आपसी भाइचारा, सद्भाव एवं सहिष्णुताको अभिवृद्धि हुने गरेको बताए ।  

प्रतिक्रिया दिनुहोस