काठमाडौँ । शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जना आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति जारी भएको छ । जसमा ७०२ जना पुरुष र १७९ जना महिला आरोहीले अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।
यस सिजनमा विभागले रोयल्टीबाट ५ करोड ७७ लाख ३७ हजार ९९१ रुपैयाँ सङ्कलन गरेको समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ असोज २०८०, २० : ४४
लेखकबाट थप