नवलपरासी। अवैधरूपमा ल्याइएको १० लाख रुपैयाँ बराबरको औषधि प्रहरीले बरामद गको छ ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले औषधि बरामद गरेको हो ।
दुई वटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माइकोफेनोलेट, हेप्रिन इन्जेकसन पी, साइक्लोसपोरिन आईपी, माइकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माइकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
ती औषधि रु नौ लाख ८१ हजार ६२ बराबरको रहेको उनको भनाइ छ।
भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बरामद गरिएको उक्त औषधिलाई महेसपुरस्थित भन्सार कार्यालयमा पठाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद
कञ्चनपुरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव
हुम्लामा औषधि अभाव, बिरामी मर्कामा