एजेन्सी । हालै गरिएको हवाई आक्रमणमा हमासको वायुसेना प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायुसेनाले दाबी गरेको छ । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ ।
इजरायली वायुसेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेबार रहेको बताएको छ । ‘साथै पछिल्लो दिनमा वायुसेनाको लडाकु जेटहरूले हमास आतङ्कवादी सङ्गठनको मुख्यालयमा आक्रमण गरे जहाँबाट उक्त सङ्गठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो,’ सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजराइली वायु सेनाले भनेको छ, ‘शनिवारको घातक हमलामा आतङ्कवादीहरूलाई निर्देशन दिनेमध्येका एक गाजा शहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन् ।’
अर्को छुट्टै आक्रमणमा इजरायली वायुसेनाले गत शनिवार हमासले गरेको आक्रमणका क्रममा इजरायलमा घुसपैठ गर्ने हमास कमाण्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा सैन्य गाडीमा आत्मघाती बम हमला, १३ सैनिकको मृत्यु
इरानमा रातभर इजरायली हमला
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
गाजाको विद्यालयमा इजरायली हवाई हमला, यूएनका ६ कर्मचारीको मृत्यु