भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १४ : ०७
भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

काठमाडाैं । एकदिवसीय विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।भारतले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले पहिलो ब्याटिङ गर्ने भएको हो ।

 

जारी प्रतियोगितामा दुवै टिमले दुई/दुई खेल जितेका छन् । तर रनरनेटमा भारत अगाडि छ ।इशान किसानको ठाउँमा भारतले शुभमन गिललाई टिममा स्थान दिएको छ । 

 

एक अर्काका कट्टर प्रतिस्पर्धी देश भएको हुनाले यी दुईबीचको प्रतिस्पर्धालाई ठूलो प्रतिष्ठाको रुपमा लिइन्छ ।एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई ७ वटै खेलमा पराजित गरेको छ । भारतले यही प्रतिष्ठालाई निरन्तरता दिने तयारी गर्दा पाकिस्तान भने नयाँ अध्याय शुरू गर्ने दाउमा छ ।​

विश्वप अघि श्रीलंकामा भएको एसिया कपको सुपर ४ को खेलमा भारतले पाकिस्तानलाई २२८ रनको भारी अन्तरले पराजित गरेको थियो ।खेल भारतको अहमदाबादमा सवा दुई बजेबाट शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस