काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साता शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले वृद्धि भएर सुनको कारोबार भएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ ।
सुनको मूल्य बढेको साता चाँदीको मूल्यमा समेत तोलामा ३५ रुपैयाँको वृद्धि आएको छ । महासंघकाअनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारमा चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो