बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, १३ : ५५
बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा

काठमाडौँ । बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीको काज सरुवा गरेको हो ।

बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ। बाँकेका सीडीओ विपिन आचार्यलाई गृहमा तानेर इलामका सीडीओ श्रवणकुमार पोखरेललाई पठाइएको छ ।

राठोर र सुवेदी दुवैको कार्यकाल एक वर्ष पूरा नभई सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस