काठमाडौ । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् ।
संस्थापक उपेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज २५ गते) बाट ३५ दिनभित्र माछापुच्छ्रे बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?