काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ ।
संङघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९/८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् ।
रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संसोधन मस्यौदा समितित गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका ब्यक्तिको अधिकार कार्यान्वयन सबन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिधालय बिधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् ।
साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधानय सबन्धी बिधेयक २०८० लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै