एनआरएनए निर्वाचनः पहिलो दिन ८ जनाको उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, २० : १३
एनआरएनए निर्वाचनः पहिलो दिन ८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ। 

संघको केन्द्रीय कार्यालयमा विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु भएको हो   ।

जसअनुसार पहिलो दिन जम्मा ८ जनाले उम्मेदवारी दर्ता गराएको सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् ।  उनका अनुसार मनोनयन दर्ता शुक्रबार र शनिबार पनि जारी रहनेछ । पहिलो दिन मुख्य पद अध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन ।

यस्तै उपाध्यक्षमा एक जनाको तथा सचिवसहितका पदाधिकारीका केही पदमा उम्मेदवारी दर्ता भएको छ । 
शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि असोज २८ गते विद्युतीय माध्यमबाट उम्मेदवारी पेश गर्नेको हकमा प्रस्ताव र समर्थकसहित अनिवार्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ।  त्यसपछि उम्मेदवारको सूची प्रकाशित गर्नेसहित दाबी विरोधको समय छु्ट्याउँदै अन्तिम नामावली प्रकाशित गरेर अक्टोबर १९ मा मतदान गर्ने कार्यक्रम रहेको छ । एनआरएनएको ११ औँ विश्व सम्मेलन अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस