काठमाडौँ । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता जारी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको वार्ता टोलीसँग आन्दोलनरत पक्षले सिंहदरवार पुगेर वार्ता गरिरहेको हो ।
मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ । सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राईको वार्ता टोली गठन भएको थियो ।
संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नभएको भन्दै असोज १५ गतेदेखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीहरूले १९ गतेदेखि पेन डाउन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १९ : १७
लेखकबाट थप