काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार बुढाथोकी क्षेत्रीको सर्टिफिकेट छानबिन गरी पाउँ भन्दै आयोगमा उजुरी परेको थियो ।सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको आयोगको दाबी छ ।
राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा शुरू नियुक्ति भई वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भै सरकारी लाभ तथा सुविधा लिएको देखिएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १६ : ३४
लेखकबाट थप