टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने कांग्रेस सांसद शर्माको चेतावनी

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १६ : २५
टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने कांग्रेस सांसद शर्माको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले माओवादी द्वन्द्वका घटना छानबिन सम्बन्धी कानुन बनाउने समितिमा माओवादीको सांसद सभापति रहेको भन्दै बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

मंगलबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्ने संसदीय समितिमा उनले माओवादीबाट सभापति रहेकोले स्वार्थ बाझिएको टिप्पणी गरे । यसबारे सम्बोधन नभए नोट अफ डिसेन्ट लेख्नेदेखि टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस