काठमाडौ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (मङ्गलबार) सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारलाई आग्रह पनि गरेको छ। शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । केही घाइते भएका छन् भने थुप्रै उद्धारको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस