शीतल निवास अगाडिबाट कृष्ण पहाडीसहित १३ मानव अधिकारवादी पक्राउ

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, १४ : ०१
शीतल निवास अगाडिबाट कृष्ण पहाडीसहित १३ मानव अधिकारवादी पक्राउ

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरू पक्राउ परेका हुन् । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस