काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अहिले बढेको विकृतिको अन्त्य गर्न समाजवादी जागरण अभियान सुरू गरिएको बताएका छन् ।बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले सबै पार्टी एउटै हुन् भन्ने भाष्य खडा गर्न खोजिएकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘यहाँ हरेक क्षेत्र बिग्रेको छ । संसदीय फाँटमा पनि उस्तै छ । राज्य शक्तिमा शक्ति केन्द्रित हुँदा विकृति बढ्छ । समाजमा रहेका हरेक प्रकारका विसंगतीको अन्त्य गर्नु जिम्मेवार पार्टीको कर्तव्य हो । जसको सुरुवात हामीले गरेका छौँ। हाम्रो पार्टीले अगुवाइ गरेको छ । सबै उही र उस्तै हुन् भन्ने भाष्य गलत छ। सही होइन । राजनीतिमा हामी पनि छौँ। हामी अरूभन्दा फरक हौँ ।’
आफूहरूले विगतमा पनि राम्रो गरेको उल्लेख गर्दै वर्तमानमा पनि त्यसैलाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश