एजेन्सी । ग्याब्रियल मार्टिनेलीले खेलको अन्त्यतिर गोल गर्दा साबिक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिगमा आर्सनलसँग पराजित भएको छ ।
निकै निरस बनेको खेलमा दुवै टोली अङ्क बाँड्ने तयारी गरिरहँदा ८६ औँ मिनेटमा मार्टिनेलीले गोल गरेका थिए । चोटबाट मुक्त हुँदै सब्सटिट्युटका रूपमा मैदान प्रवेश गरेका मार्टिनेलीको प्रहार नाथान आकेलाई लाग्दै जाली चुमेको थियो ।
लिगमा सिटीविरुद्ध आर्सनलले सन् २०१५ को डिसेम्बरपछि पहिलो पटक जीत हासिल गरेको हो । जीतसँगै आर्सनलले शीर्ष स्थानमा टोटनह्याम हटस्पर्ससँग अङ्क बराबरी गरेको छ । दुवैको २० अङ्क रहेको छ । १८ अंकसहित सिटी तेस्रो छ ।
आइतबार नै भएका अन्य खेलमा चौथो स्थानमा रहेको लिभरपुलले ब्राइटनसँग २–२ को रोमाञ्चक बराबरी गर्यो । त्यस्तै न्युक्यासल वेस्ट ह्यामसँग समान गोलअन्तरको बराबरीमा रोकियो । वुल्भ्स र एस्टन भिल्लाले पनि १–१ को बराबरी खेल्न बाध्य भए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ असोज २०८०, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा