राज्यमाथि जनताको निगरानी र हस्तक्षेप जति प्रभावकारी हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, १५ : २६
राज्यमाथि जनताको निगरानी र हस्तक्षेप जति प्रभावकारी हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्व उपमेयर कविता ढुंगानाद्वारा लिखित पुस्तक स्थानीय सरकार: अपेक्षा र अवस्था पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो। यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा छौँ। यस सन्दर्भमा हामी सबैले गम्भीर रूपमा चिन्तन गर्न जरुरी छ’ प्रधानमन्त्रीले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयत्न हुने गरेको उल्लेख गर्दै उनले स्थानीय सरकारलाई थप जनमुखी बनाएर प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस