हमास आक्रमणमा मर्नेको सङ्ख्या ४ पुग्यो

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, १३ : ४८
हमास आक्रमणमा मर्नेको सङ्ख्या ४ पुग्यो

तेल अभिभ । गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या ४ पुगेको छ ।  टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् । 

 

कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरे ।दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।  समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो । 

प्रतिक्रिया दिनुहोस