अर्थमन्त्रीले भने - 'गृहले के आधारमा रिगलको आममाफी सिफारिस गर्यो ? मलाई थाहा छैन'

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १३ : ४३
अर्थमन्त्रीले भने - 'गृहले के आधारमा रिगलको आममाफी सिफारिस गर्यो ? मलाई थाहा छैन'

चितवन  । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस यूनियन चितवनले शुक्रबार(आज) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले ढकालको आम माफिको विषयमा बुझ्न नपाएको बताएका हुन् । ‘यस विषयमा मलाई केही थाहा भएन । गृह मन्त्रालयले के आधार बनाएर राष्ट्रपति कहाँ पुग्यो,’ सञ्चारकर्मीको प्रश्नमा जबाफ दिँदै अर्थमन्त्री महतले ‘सबै नबुझि बोल्ने कुरा भएन मैले पनि बुझ्दै छु ।’

फरक प्रसंगमा महतले अर्थतन्त्र सुधार उन्मुख भएको बताएका छन् । ‘विश्व बैंक, एडिभिको रिपोर्ट अनुसार २ दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदरमा छौँ । यस आर्थिक बर्ष ४ प्रतिशत नाघ्ने प्रक्षेपण एडिभिले गरेको छ,’ उनले भने ‘हाम्रो लक्ष्य ६ प्रतिशत आर्थिक बृद्धि गर्ने रहेको छ ।’ आम नागरिकलाई सकरात्मक ढंगले हेर्नुपर्ने बताए । देश बाहिर भनेजस्तो देशमा आर्थिक संकट नभएको उनले जिकिर गरे । ‘समस्या छ नभएको होइन । पहिला सहज रुपमा राष्ट्रबैंकले ऋण प्रवाह ग¥यो । अहिले टाइट ग¥यो । उत्पादन भएन । ठिक हो । तर त्यही कुरा देखाएर समग्र कुरा खराब छ भन्न मिल्दैन’–उनले भने ।

निर्माण व्यवसायीले असार मसान्तसम्मको भुक्तानी नपाएको गुनासो गरेका छन्? भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई नियमित रुपमा भुक्तानी भएको दाबी गरे । ‘यो विषय गलत हो । हामीले असार समान्तसम्म ६०/७० अर्ब भुक्तानी गरेका छौँ । बाँकी ७ अर्बभन्दा छैन । तर यहाँ ६०/७० अर्ब नै तिरेको छैन भन्ने हल्ला हो,’ उनले भने ‘उहाँहरुसंग बसेर हिसाब गर्दा ७/८ अर्बभन्दा छैन ।’ दशैँ अगाडि बाँकी रकम सबै तिर्ने उनले बताए । उनले गठबन्धन भत्काउनका लागि एमालेले आधार हिन कुरा गरिरहेको उनले बताए । एमाले सरकारमा ओम्नी काण्डजस्ता ठुलठुला काण्ड भएको भन्दै यो सरकारले सुसान कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रतिक्रिया दिनुहोस