सिरहामा जनप्रतिनिधिबीचको झडपमा प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, २० : ४३
सिरहामा जनप्रतिनिधिबीचको झडपमा प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच जारी विवाद उग्ररुप लिएपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ । 

नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरू पक्षबीच झडप भएको हो । झडपमा २ जना प्रहरी घाइते भएका छन् । उनी हरुको उपचार भइरहेको छ ।

दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि स्थिति तनावग्रस्त बनेको एक प्रहरी अधिकारीले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौँ सेल आश्रुग्यास प्रहार गरेको ती अधिकारीको भनाई । 

झडपका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस