रिगलको आममाफी विरुद्धको रिटमा आज सुनुवाइ

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, ११ : १७
रिगलको आममाफी विरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौँ । केही दिनअघि जेलमुक्त भएका बाँकेका रिगल भनिने योगराज ढकालको आममाफीविरूद्वको रिटमा आज सुनुवाइ हुँदैछ ।

संविधान दिवसका अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगलले २०७२ साल असार २९ गते नेपालगञ्जकै २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए । अदालतले उनलाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले रिगललाई आममाफी दिएपछि मृतक चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनले रिगलको आममाफी फिर्ता हुनुपर्ने माग राखेकी छन् । सोही रिटमा आज सुनुवाइ हुने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस