संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्ने

सफल खबर संवाददाता

मंगलबार, १६ असोज २०८०, १२ : १८
संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्ने

काठमाडौं। प्रतिनिधिसभामा मंगलवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।समसामयिक विषयमा बोल्नका लागि ओलीले समय मागेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।

 

देशको अर्थतन्त्र, सर्वसाधारणले ब्यहोर्नुपरेको महंगीलगायत समस्याबारे ओलीले संसद्मा बोल्न लागेका हुन् ।प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री पनि संसद्को बैठकमा उपस्थित हुने परम्परा छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि राखिएको छ । 

प्रतिक्रिया दिनुहोस