दाङ । डेंगु संक्रमणबाट दाङमा एक जनाको मृत्यु भएको छ। डेंगु संक्रमणबाट रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।
डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो। उनको उपचारकै क्रममा आज मृत्यु भएको हो।
डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा डेंगुबाट एकजनाको मृत्यु
देशभर ३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
पाल्पामा ३९९ जनामा डेंगु संक्रमण
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
डेंगु संक्रमणबाटबाट एक शिक्षिकाको मृत्यु
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि