दुई संसदीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, ११ : ०५
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। आज बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ। समितिको बैठकमा उपसमिति गठन र निर्माणाधिन सङ्घीय संसद भवनको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पत्ती शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको कार्यप्रगति सम्बन्धमा छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस