काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्राविधिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल भएपनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताएका छन ।
आइतबार कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताए । उनले अहिलेको सरकारको नेतृत्व कांग्रेसको रहेकाले जनतालाई आशा जगाउने गरी काम गर्नु आवश्यक रहेको बताए ।
नेता बडूले पछिल्लो सरकारको नेतृत्व पनि कांग्रेसले नै गरेको भन्दै अहिलेको सरकारमा पनि सबैभन्दा ठूलो हिंसा रहेको बताए। उनले सरकारको नेतृत्वमा भएर पनि राम्रो काम गर्न सकनौं भने काँग्रेसलाई जनताले नपत्याउने उल्लेख गरे।
नेता बडूले गठबन्धनको कारणले पनि सरकारमा हुँदा काम गर्न अफ्ठ्यारो हुने गरेको स्मरण गरे । उनले मुलुकको आर्थिक अवस्था जर्जर रहेको बताए। उनले मुलुकका युवाहरु निराश मन लिएर खाडी मुलुक गइरहेका छन तर सरकार हेरेर मात्रै बसेको बताए।
नेता बडूले कांग्रेस सरकारमा छ तर जनतालाई निराशाबाट जगाउन र रोजगारी सिर्जना गर्ने काम के ग¥यो भन्दै प्रश्न गरे । उनले अहिले पनि जनताले आशा गरेको पार्टी काँग्रेस नै भएको दाबी गरे । उनले पछिल्लो समय जनताले नेताको भाषणमा अविश्वास गर्ने क्रम बढी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै