काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको भनाइ छ । असोज १९ गतेदेखि भने केबलकारको नियमित सेवा सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि तीन दिन बन्द
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने