दोहा । कतार, मलेसियामा सफल व्यवसायीका रुपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न कतारको दोहामा आयोजित कार्यक्रममा वर्तमान सचिव न्यौपानेले मध्यपुर्व र मलेसियाका एजेन्डाहरु एउटै रहेको जनाउदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा आफुले सन २०२३–२५ कार्यकालका लागि मध्यपुर्वको हव कतारबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको न्यौपानेले बताए ।
आरके शर्माको अध्यक्ष पदको उम्मेदवारी घोषणा कार्यक्रममा उनीसँगै आफूले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेको न्यौपानेले बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक र वर्तमान आइसीसी सचिवको जिम्मेवारी सफलताका साथ निभाइसकेकाले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्धालाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।
गैरआवासीय नेपाली संघको अभियानमा आफूले सदैव सकारात्मक भूमिका खेल्दै आएको उनले बताए । एनआरएनए अभियानमा लाग्दै गर्दा यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकालको लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु’, उनले भने, ‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसाथ गर्दै उपाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेको हुँ ।’
नेपालमा समेत विभिन्न क्षेत्रमा व्यवसाय गरेका न्यौपाने एनआरएनएभित्र परिचित मानिन्छन् । एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका न्यौपाने हाल मध्यपुर्व भ्रमणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता