काठमाडौँ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत पदकको अपेक्षा गरिएको इ-स्पोर्ट्सको पिस एलिटको रूपमा रहेको पब्जी मोबाइलमा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ।
शनिबार बिहान चाइनाको हाङझाउ इ-स्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाअन्तर्गत समूह ‘ए’ को सेमिफाइनल चरणमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईभन्दा पछि रहेपछि प्रतियोगिताबाट बाहिरियो।
यो समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए। नेपाल तेस्रो हुँदै जापानलाई पछि पारे पनि फाइनल चरण पुग्न असफल रह्यो। यसअघि शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको थियो।
योसँगै अब नेपालको इ-स्पोर्ट्समा डोटामा मात्र प्रतिस्पर्धा बाँकी छ। डोटामा आज नेपालले किर्गिस्तानसँग क्वार्टरफाइनलको खेलमा प्रतिस्पर्धा गर्दै छ।
 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, ११ : ५६
लेखकबाट थप